‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तिम चरणमा
बाग्लुङ | कात्तिक १३, २०८०
तस्वीर खेमराज गौतम ‘सुवास’को फेसबुकबाट
बलेवा: सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ ।
बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो ।
झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला –८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्ती मगरले बताउनुभयो ।
अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिनेछ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् । २०७९ भदौ ४ गते सो पुल निर्माण थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झण्डै एक वर्ष बाँकी छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।
बागलुङ-१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

